पाँचसय किलो गाँजा पक्राउ

धादिङ, २९ मंसिर । धादिङको भुमेस्थान–९, छाप भन्ने स्थानबाट प्रहरीले झण्डै पाँचसय किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
४५ बर्षीय रवि कमरलाई प्रहरीले अवैध लागूऔषध गाँजा ५ सय ३० किलो सहित उनक घरबाट विहीबार पक्राउ गरेको जनाएको छ ।
घरमै गाँजा लुकाई छिपाई राखेको सूचना पाए पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया