तालिम छाड्ने लडाकुलाई स्वयच्छिक अवकाश

काठमाडौं, २९ मंसिर । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिले नेपाली सेनाको तालिममा सहभागी माओवादीका पूर्व लडाकुले स्वैच्छिक अवकासमा जान चाहे मौका दिने निर्णय गरेको छ ।
समितिको आज नयाँ बानेश्वरस्थित सचिवालयमा बसेको बैठकले तालिम छाडेर जान चाहने पूर्व लडाकुलाई स्वैच्छिक अवकासमा पाउने सुविधा दिने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
पूर्व लडाकुले तालिम छाड्न चाहेको भन्दै सचिवालयमा निवेदन दिए लगत्तै समितिले उनीहरुलाई स्वयच्छिक अवकाश दिने निर्णय गरेको हो । लडाकुहरुले स्वास्थ्य र अन्य घरायसी कारण देखाउँदै स्वैच्छिक अवकाशको माग गरेका थिए ।
७१ अधिकृतसहित एक हजार चार सय ४२ लडाकुलाई मंसिर–१० गतेदेखि तालिममा छन् ।

प्रतिक्रिया