दवाव पछि दाहालले २८ हजार तिरे

काठमाडौं, २६ मंसिर । चर्को दवाव खेप्न नसके पछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफैलाई झापड हान्ने पदम कुँवरलाई तारिखमा छुटाउन धरौटी राखिदिएका छन् ।
अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले आज कार्यालय समय लगत्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २८ हजार रुपियाँ धरौटी राखिदिए पछि कुँवर रिहा भएका हुन् ।
कुँवरले अध्यक्ष दाहाललाई मंसिर–१ गते गालामा झापड हाने पछि काठमाडौं प्रशासनले ‘केही सार्वजनिक मुद्दा’ ऐन अन्तर्गत मुद्दा चलाएको थियो ।
धरौटीसँगै कुँवर रिहा भएका छन् । सोमबार कुँवरले धरौटी राख्न नसके पछि जेल चलान भएका थिए । कुँवरलाई उनका भिनाजु भीम भारतीको जिम्मा लगाएको छ । कुँवरको मुद्दा भने अन्तिम किनारा लागी सकेको छैन ।

प्रतिक्रिया