राप्ती नदीमा दुई दिन देखि कुँवर बेपत्ता

नेपालगन्ज, २५ मंसिर । छिमेकी गाउँबाट घर फर्कदै गर्दा बाँके खासखुश्मा–५ का ५५ बर्षीय नरबहादुर कुँवर राप्ती नदीमा बेपत्ता भएका छन् ।
शनिवार बिहान स्थानीय बैरेनी गाउँबाट घर फर्कदै गर्दा नदीपार गर्ने क्रममा भाप्काघाटबाट कुँवर बेपत्ता भएका हुन् ।
चिप्लिएर नदीमा खसेका कुँवर बेपत्ता भएको दुई दिन बित्दा समेत केही जानकारी आउन सकेको छैन । सौर्य

प्रतिक्रिया