मच्छिन्द्रको प्रभाव कायम नै

काठमाडौं, २५  मंसिर । उपाधिको दाबेदारका रूपमा प्रस्तुत मच्छिन्द्र क्लबले यस वर्षको लिगमा चौथो जित हात पारेको छ । पाँच खेल खेलेको मच्छिन्द्रले १३ अंक जोडेको छ । आइतबार भएको खेलमा मच्छिन्द्रले बाँसबारी क्बललाई २–० ले पराजित गर्‍यो । आइतबार नै फ्रेन्ड्स क्लबले पहिलो जित हता पार्ने क्रममा संकटा क्बललाई १–० ले पराजित गर्‍यो । आइतबारको खेलपछि मच्छिन्द्रले दोस्रो स्थानमा रहेको आरसिटीलाई तीन अकले पछि छाडेको छ । आरसिटीले एक खेल कम खेलेको छ । कुनै जित हात पार्न नसेको बाँसबारी दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
फ्रेन्ड्स पाँच अंकसहित ११औँ स्थानमा उक्लियो । पाँचौँ स्थानमा रहेको संकटा पाँचौँ चरण सकिँदा लिगको मध्यभागमै रहने निश्चित रहेको रहने सम्भावना प्रबल रहेको छ । संकटाले लिगमा ब्यहोरेको यो पहिलो हार हो ।
बाँसबारीसँगको खेल मच्छिन्द्रका लागि सहज भने थिएन । मच्छिन्द्रको जितमा वैकल्पिक खेलाडी डेनिस इभ्को नै नायक भए । ४५औँ मिनेटमा इड्रिस ओलायान्कोलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका इभ्कोले ८४औँ मिनेटमा सानदार गोल गरे । उनले तीन विपक्षी रक्षकलाई पार गर्दै गोल गरेका थिए । प्रतिस्थापन हुनै लागेका दीपक राइले इन्जुरी समयमा प्रत्याक्रमणमा दोस्रो गोल गरे ।
अर्को खेलमा फ्रेन्ड्स क्बलका लागि विष्णु केसीले गोल गरे । ३१औँ मिनेटमा संकटाका रक्षक पियरेको गल्तीको फाइदा उठाउँदै विष्णुले गोल गरे । त्यसपछि फ्रेन्ड्सले तीनवटा राम्रा अवसर गुमाएको थियो । ‘लेफ्ट फुटेड’ जगजित श्रेष्ठ दोस्रो हाफमा दायाँ विंगमै ब्यस्त रहेपछि उनले पाएको अवसर पनि उपयोग गर्न सकेनन् । एउटा फ्लान्कमा पाएको बल प्रहार गर्न असजिलो भएपछि त्यसै बल मिलाउन उनले अर्को फ्लान्कमा समेत लानुपरेको थियो । तैपनि, प्रशिक्षक दिलकाजी गुरुङको अनुपस्थितिमा टोलीको जिम्मा लिएका रमेश महर्जनले अन्तिमसम्म उनको असहजता बुझेनन् र खेलमा कुने परिवर्तन पनि गरेनन् ।

प्रतिक्रिया