ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

जाजरकोट, २३ मंसिर । बालुवा बोकेको ट्रयाक्टर दुर्घटना हुँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ ।
भेरी नदीबाट बालुवा लिएर ढिमे–१, पाँचकाटिया जाँदै गरेको भे १ त २२९५ नम्वरको ट्रयाक्टर शुक्रवार राति साढे ११ बजे खलंगा–५, राङसीमा दुर्घटना हुँदा सह–चालक २६ वर्षीया भक्तबहादुर नाथको भएको हो । उनी जुम्ला कुडारी–३ निवासी हुन् ।
दुर्घटनापश्चात स्थानीयको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा सहचालक नाथको आज बिहान बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
यस्तै दुर्घटनामा परेर ट्रयाक्टर चालक बाँके कोहलपुर घर भएका २५ वर्षीय कमल बिक गम्भीर घाईते भएका छन् । उनको जिल्ला अस्पताल खलंगामा उपचार भईरहेको छ ।
ट्रयाक्टर सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया