प्रधानमन्त्रीमा मात्रै सहमति हुँदैनः गच्छेदार

पोखरा, २१ मंसिर । गृहमन्त्री विजय गच्छदारले संविधानका अन्तर बस्तुमा पहिला सहमति नजुट्दा सम्म प्रधानमन्त्रीका लागि मात्र सहमति हुन नसक्ने वताएका छन् ।
पोखरामा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले कांग्रेसले प्रधानमन्त्रीको उमेदवार मात्र ल्याएर सहमति नचाहेको बताए । उनले भने, ‘कांग्रेसले नेतृत्व चाहन्छ भने सहमतिको प्रस्ताव समेत ल्याउनु पर्छ ।’
उनले संघीयता र संविधानसभामा सहमति हुन नसकेका अत्यन्त विवादित विषयमा पहिला सहमति हुनु पर्ने माग गरे ।

प्रतिक्रिया