प्रहरी जागिरको नाममा ठगी

काठमाडौं, २० मंसिर । नेपाल प्रहरीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने धनेन्द्र भन्ने धनबहादुर चन्दलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
प्रहरी जागिरको प्रलोभन देखाई रकम असुलेको उजुरी परे पछि काठमाडौंको सतुंगल–७ बस्ने बैतडी जिल्ला मेलौली–१ घर भएका २७ वर्षीय चन्दलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको हो ।
चन्दले प्रहरीमा भर्ना गराइदिन्छु भनेर बर्दिया पशुपतिनगर–१ का बेफुराम चौधरीसँग २ लाख ८५ हजार रुपियाँ लिई ठगी गरेका थिए । उनी विरुद्ध ठगीका विभिन्न उजुरी समेत परेका छन् ।

प्रतिक्रिया