समयसीमा भित्रै सहमति खोज्ने प्रतिवद्धता

काठमाडौं, १९ मंसिर । एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुले राष्ट्रिपतिले सहमतिका लागि दिएको समयसीमा भित्रै निकास खोज्ने प्रतिवद्धता जनाएका छन् ।
उनीहरुले आफूहरु पनि राजनीतिक सहमतिबाटै निकास खोज्न सक्रिय रहेको बताए । तोकिएकै समयमा सहमति हुनेमा आशावादी रहेको शीर्ष नेताहरुको भनाई थियो ।
राष्ट्रपतिले सहमतिका लागि दिएको समयसीमा भित्रै निकास खोज्न दवाव दिने उदेश्यले आज ज्ञापन पत्र बुझाउन पुगेका एमाले निकट युवा संघ नेपालको टोलीसँग उनीहरुले मुलुकलाई निकास आतुर रहेको बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुका बीच छलफल चलिरहेकाले तोकिएकै समयमा सहमति हुनेमा आफू विस्वस्त रहेको बताए । उनले दलहरु केही लचक हुनु पर्ने समेत उल्लेख गरे ।
कांग्रेस सभापति सुशील कोइरालाले राष्ट्रपतिले तोकिदिएको समय भित्रै सहमति खोज्न आफू सक्रिय रहेको बताए । उनले भने, ‘तोकिएकै समय भित्र सहमति बन्छ भन्नेमा म आशावादी छु ।’ एमाओवादीले विगतका सहमति कार्यान्वयन गरे निकासका लागि खासै अफ्ठेरो नहुँने उनको भनाई थियो ।
एमाले अध्यक्ष झलनाथ खनालले सहमतिका लागि युवा संघले गरेको दवावको कार्यक्रम सकारात्म रहेको भन्दै सहमतिका विकल्प नरहेको बताए । ‘युवा संघको दवाव जायज छ,’ उनले भने, ‘सहमति तोकिएकै समयमा हुनु पर्छ ।’
राष्ट्रपतिले सहमतीय सरकार बनाउन दिएको समयसीमा भित्रै निकास खोज्न दवाव दिने उदेश्यले प्रमुख दलका शीर्ष नेतालाई भेटेर ज्ञापन पत्र बुझाएको संघका महासचिव निरज आर्चायले जानकारी दिए ।
उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, आन्दोलनका उपलब्धीको रक्षालगायतका काम गर्न प्रधानमन्त्री बाबुराम भट्टराई बाधक हुन नहुने बताए । संघको टोलीले शीर्ष नेताहरुलाई अलग अलग भेटेको थियो ।

प्रतिक्रिया