कांग्रेसको प्रशिक्षण कार्यक्रम पुनः स्थगित

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसले मंसिर अन्तिम साता बाँकेमा गर्ने भनेको प्रशिक्षण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।
कांग्रेसले आज विज्ञप्ति जारी गरेर केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले मंसिर २३, २४ र २५ गते नेपालगञ्जमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको जनाएको हो । कांग्रेसले कार्यक्रम स्थगित गर्नुका बारेमा केही बताएको छैन । मुलुकको पछिल्लो राजनीतिले प्रशिक्षण कार्यक्रमलाई प्रभावित बनाएको एक सदस्यले जनाए ।
मध्य पश्चिमाञ्चल भित्रका सवै महासमिति सदस्यहरुको सहभागितामा कांग्रेसको योगदान, सिद्धान्त, नीति तथा वर्तमान सन्दर्भका चुनौति वारे अभिमुखीकरण कार्यक्रम बाँकेको नेपालगञ्जमा गर्ने कार्यक्रम थियो । यस अघि पनि प्रशिक्षण कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया