आमाघरलाई आर्थिक सहयोग

काठमाडौं : पिटरबरो नेपाली समाजले दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघरलाई ७० हजार ५ सय रुपियाँ सहयोगसहित कदरपत्र प्रदान गरेको छ । समाजसेवी शिवकुमार अधिकारीले कदरपत्र र समाजका प्रतिनिधि राजेश अधिकारीले नगद हालै हस्तान्तरण गरेका हुन् । बेलायतस्थित पिटरबरोमा बसोबास गर्दै आएका नेपालीद्वारा संकलित रकम आमाघरलाई प्रदान गरिएको हो । असहाय ४८ वृद्धावृद्ध र द्वन्द्वपीडित ४० बालबालिकाको पालनपोषणमा सक्रिय श्रेष्ठको समाजसेवी कार्यबाट प्रभावित भएर रकम संकलन गरिएको समाजका अध्यक्ष महेश अधिकारीले बताए । (सौस)

प्रतिक्रिया