आठ कर्मचारी निलम्बित

राजविराज : भ्रष्टाचार गरेको आरोपमा सप्तरीका आठ कर्मचारी निलम्बनमा परेका छन् । जिविस सप्तरी, प्राविधिक कार्यालय र गाविस सचिवसहित आठ कर्मचारी निलम्बनमा परेका हुन् । जिल्ला प्राविधिक कार्यालयका निमित्त डिभिजनल इन्जिनियर लक्ष्मी चौधरी, इन्जिनियरद्वय तेजनारायण वाजपेयी र किशोरकुमार निलम्बनमा परेका छन् । यस्तै, जिविसका सब–इन्जिनियर खुर्सेद इक्राम पनि निलम्बनमा परेका छन् । गाविस सचिवहरूमा बैरवाका देवनारायण साह, डाढाका नारायण यादव, दिघवाका बलदेव यादव र बनैनियाँका देवनारायण यादव पनि निलम्बनमा परेका छन् ।
दुई साताअघि उपप्रधान एवं स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको उच्चस्तरीय टोलीले सप्तरी आएर वस्तुस्थिति बुझेपछि उनीहरूलाई निलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो । (सौस)

प्रतिक्रिया