स्वास्थ्यसम्बन्धी जनचेतना

काभ्रे : संरक्षण तथा विकास संस्था (सिडिओ) ले सुरक्षित मातृत्व तथा पोषणसम्बन्धी जनचेतना गरेको छ । कार्यक्रममा सुरक्षित मातृत्व, नियमित स्वास्थ्य परीक्षण र बच्चाको स्याहारबारे जानकारी दिइएको थियो । प्रदर्शनमार्फत जनचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित माहिली तामाङले गाउँघरमै उत्पादित अन्न र सागपातबारे समेत राम्रो जानकारी नभएका समुदायमा यस्तो कार्यक्रम प्रभावकारी हुने बताइन् । कार्यक्रममा स्वास्थ्य स्वयंसेविका रमा तामाङले सुत्केरीलाई घरमा बचेको खाना खुवाउने प्रचलनका कारण कुपोषणको समस्या बढेको बताइन् । यस्तो कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी हुँदै गएको संस्थाका कार्यक्रम निर्देशक प्रदीपसिंह सुवालले बताए । (सौस)

प्रतिक्रिया