किशोर बेपत्ता

बारा : निजगढ–१ भमराका १५ वर्षीय अभिशेष कार्की एक सातादेखि बेपत्ता भएका छन् । ८ मंसिरदेखि बेपत्ता कार्की निजगढ–८ स्थित मामाघरमा बस्दै आएका थिए । बेपत्ता कार्कीको खोजीका लागि आफन्तले इलाका प्रहरी कार्यालय निजगढलाई
अनुरोध गरेका छन् । हजुरबुबा कुलबहादुर तिमिल्सिनाले प्रहरी खोजीका लागि अपिल गरेका हुन् । (सौस)

प्रतिक्रिया