‘नेपालका बारेमा भारतसँग कुरा गरेको छु’

काठमाडौं, १५ मंसिर । चीनले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा चासो राख्दै भारतसँग परामर्श भईरहेको जनाएको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत याङ होउलानले नेपालको पछिल्लो अवस्थाको विषयमा नयाँ दिल्ली र बेईजिङबीच परामर्श जारी रहेको जानकारी दिए । उनले भने, ‘नेपालको राजनीतिक विषयमा चीन र भारतको समान धारणा छ ।’
उनले भने, ‘नेपालको राजनीतिक विषयमा मैले भारतीय राजदूत जयन्त प्रसादसँग पनि बारम्बार कुरा गरिरहेको छु ।’ नेपालको राजनीतिक अवस्था जटिल रहेको भन्दै उनले आन्तरिक समस्या नेपाली आफैले मिलाउनुपर्ने बताए ।
चिनियाँ राजदूत होउलानले नेपालमा राजनीतिक र सामाजिक स्थायीत्व भएमा चीन र भारत दुबैका लागि हितकर हुने बताए ।
केही शक्तिहरुले चीनको स्थिरतामा असर पार्न तिब्बती मुद्दा उठाईरहेको आरोप राजदूत होउलानको थियो । ‘तिब्बती शरणार्थी मुद्दा उठाउन नेपाललाई समेत दवावमा पारिएको छ,’ उनले भने ।

प्रतिक्रिया