फोहोरको थुप्रोमा भेटियो हतियार

काठमाडौं, १५  मंसिर । प्रहरीले मैतीदेवी–गौशाला जोड्ने रातोपुल नजिकैको फोहोरमा बेवारिसे अवस्थामा तीनवटा कटुवा पेस्तोलसहित ४ राउन्ड गोली फेला पारेको छ । पुल नजिकैको फोहोरमा रातो प्लास्टिकले पोको पारिएको अवस्थामा पेस्तोल फेला परेको हो ।
प्रहरीका अनुसार फोहोर फाल्न गएका सर्वसाधारणले प्लास्टिकको झोलामा पेस्तोल रहेको सूचना प्रहरी हवल्दार तीर्थ थापालाई दिएपछि खानतलासी गर्दा हतियार भेटिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले अपराधी पक्राउ परिने डरले हतियार फोहोरमा फालेर भागेको बताए । एसएसपी चन्दले भने, ‘आपराधिक गतिविधिमा संलग्न अभियुक्त हतियारसहित रातोपुल क्षेत्र आसपासका क्षेत्रमा रहेका हामीले सूचना पाएका थियौँ, त्यही क्रममा हामीले चेकजाँच तीव्र पारेका थियौँ, पक्राउ परिने डरले उनीहरू हतियार फोहोरमा मिल्काएर भागेछन् ।’
हतियार फाल्ने अभियुक्त फेला नपरेको जानकारी दिँदै उनले भने, ‘यस्ता हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुन्छन्, अहिले पनि यस्तै कार्यका लागि प्रयोग गर्न कुनै स्थानमा लगिँदै थियो भन्ने हामीले सूचना पाएका थियौँ तर उनीहरू सफल भएनन् ।’
महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी निरीक्षक पवनकुमार भट्टराईको नेतृत्वमा रातोपुल तथा कालोपुल आसपासका क्षेत्रमा शुक्रवार बिहान ९ बजेदेखि नै ४० भन्दा धेरैको संख्यामा प्रहरी परिचालन गरी चेकजाँच तीव्र पारिएको थियो । यही क्रममा प्रहरीले शुक्रबार बिहान १०:३० मा फोहोरको डंगुरमा बेवारिसे अवस्थामा पेस्तोल बरामद गरेको थियो ।

राजधानीमा साना हतियारको बिगबिगी
ग्त २२ कत्तिकमा गोलढुंगा–२ शेषमती पुलनजिकै ११११ लेखिएको एक, कटुवा पेस्तोल एक र मेडइन इंग्ल्यान्ड लेखिएको अटोमेटिक इटालियन पेस्तोलसहित पाँच अभियुक्त पक्राउ परेका थिए । प्रहरीले उनीहरूबाट ९ एमएम क्यालिवरको नौ राउन्ड, एफके–३९० लेखिएको पाँच राउन्ड गोलीसमेत बरामद गर्‍यो ।
२८ असोजमा धुम्बाराहीबाट मेडइन युएसए लेखिएको पेस्तोलसहित चारजनालाई पक्राउ गरियो । बिक्री गर्न लागिएको अवस्थामा प्रहरीले उनीहरूबाट उक्त हतियार बरामद गरेको थियो । त्यसको दुई दिनपछि पनि प्रहरीले कलंकीबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली दुई राउन्डसहित एकजनालाई पक्राउ गर्‍यो । केही दिनअघि मात्रै प्रहरीले काठमाडांै डुडेचौरबाट मेडइन फ्रान्स लेखिएको सहित एकजनालाई पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडांैको तथ्यांकअनुसार गत पाँच महिनाभित्र प्रहरीले काठमाडांैबाट मात्रै नौ वटा पेस्तोल र २२ वटा गोली बरामद गरेको छ । त्यसमध्ये पाँच वटा कटुवा पेस्तोल हुन् भने बाँकी सबै विदेशबाट आयात गरिएका अत्याधुनिक छन् । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी चन्दले काठमाडांैमा योभन्दा अझ धेरै संख्यामा हतियार भएको दाबी गरे । विगतका द्वन्द्व, खुला सीमा, कमजोर नाका चेकजाँचका कारण राजधानीमा हतियारको संख्या बढेको एसएसपी चन्दको भनाइ छ ।
उनले भने, ‘सीमापारि साना हतियार सजिलै खरिद गर्न सकिन्छ, नाका–नाकाबाट प्रवेश गर्ने प्रत्येक सवारीसाधनलाई चेकजाँच गर्न सम्भव पनि छैन ।’
प्रहरीका अनुसार बरामद भएका जति पनि साना हतियार छन्, ती सबै आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूबाट बरामद भएका हुन् । परिसरका प्रहरी अधिकारी भन्छन्, ‘हतियारसँगै हामीले १२ अभियुक्त पक्राउ गरेका छाँै, ती सबै आपराधिक प्रवृत्तिका थिए, सोधपुछबाट खुलेअनुसार उनीहरूमध्ये केही हतियार व्यापारी पनि थिए ।’ एसएसपी चन्द पनि बरामद हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको बताउँछन् । उनले भने, ‘साधारण मान्छेले हतियार बोक्दैन, हाम्रो अपरेसनमा बरामद हतियार र पक्राउ परेका अभियुक्तको पृष्ठभूमिले यसलाई पुष्टि गरिसकेको छ ।’
प्रहरी स्रोतका अनुसार साना हातहतियारको राजधानी प्रमुख बजार हो । स्रोतले भन्यो, ‘अपराधी पृष्ठभूमिका व्यक्ति यहीँ बस्छन्, उनीहरूकै इसारामा राजधानीमा हतियार भित्रिन्छ र सजिलै बिक्री–वितरण हुन्छ ।’ स्रोतका अनुसार सीमापारि उनीहरू १० देखि २५ हजारमा हतियार खरिद गर्छन्, काठमाडांैमा त्यही हतियार ३० हजारमा बेच्छन् । ‘यस्ता हतियार खरिद गर्नेमा सबैभन्दा धेरै राजधानीमा नाम चलेका ‘डन’हरू छन्,’ तर खानतलासी गर्दा उनीहरूसँग हतियार भेटिन्न, यसो हुनुमा यहाँको अस्थिर राजनीति, कमजोर सुरक्षासंयन्त्र नै मुख्य कारण हो ।’
प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले अपराधी पक्राउ परिने डरले हतियार फोहोरमा फालेर भागेको बताए । एसएसपी चन्दले भने, ‘आपराधिक गतिविधिमा संलग्न अभियुक्त हतियारसहित रातोपुल क्षेत्र आसपासका क्षेत्रमा रहेका हामीले सूचना पाएका थियौँ, त्यही क्रममा हामीले चेकजाँच तीव्र पारेका थियौँ, पक्राउ परिने डरले उनीहरू हतियार फोहोरमा मिल्काएर भागेछन् ।’
हतियार फाल्ने अभियुक्त फेला नपरेको जानकारी दिँदै उनले भने, ‘यस्ता हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुन्छन्, अहिले पनि यस्तै कार्यका लागि प्रयोग गर्न कुनै स्थानमा लगिँदै थियो भन्ने हामीले सूचना पाएका थियौँ तर उनीहरू
सफल भएनन् ।’
महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी निरीक्षक पवनकुमार भट्टराईको नेतृत्वमा रातोपुल तथा कालोपुल आसपासका क्षेत्रमा शुक्रवार बिहान ९ बजेदेखि नै ४० भन्दा धेरैको संख्यामा प्रहरी परिचालन गरी चेकजाँच तीव्र पारिएको थियो । यही क्रममा प्रहरीले शुक्रबार बिहान १०:३० मा फोहोरको डंगुरमा बेवारिसे अवस्थामा पेस्तोल बरामद गरेको थियो ।

राजधानीमा साना हतियारको बिगबिगी
गत २२ कत्तिकमा गोलढुंगा–२ शेषमती पुलनजिकै ११११ लेखिएको एक, कटुवा पेस्तोल एक र मेडइन इंग्ल्यान्ड लेखिएको अटोमेटिक इटालियन पेस्तोलसहित पाँच अभियुक्त पक्राउ परेका थिए । प्रहरीले उनीहरूबाट ९ एमएम क्यालिवरको नौ राउन्ड, एफके–३९० लेखिएको पाँच राउन्ड गोलीसमेत बरामद गर्‍यो ।
२८ असोजमा धुम्बाराहीबाट मेडइन युएसए लेखिएको पेस्तोलसहित चारजनालाई पक्राउ गरियो । बिक्री गर्न लागिएको अवस्थामा प्रहरीले उनीहरूबाट उक्त हतियार बरामद गरेको थियो । त्यसको दुई दिनपछि पनि प्रहरीले कलंकीबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली दुई राउन्डसहित एकजनालाई पक्राउ गर्‍यो । केही दिनअघि मात्रै प्रहरीले काठमाडांै डुडेचौरबाट मेडइन फ्रान्स लेखिएको सहित एकजनालाई पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडांैको तथ्यांकअनुसार गत पाँच महिनाभित्र प्रहरीले काठमाडांैबाट मात्रै नौ वटा पेस्तोल र २२ वटा गोली बरामद गरेको छ । त्यसमध्ये पाँच वटा कटुवा पेस्तोल हुन् भने बाँकी सबै विदेशबाट आयात गरिएका अत्याधुनिक छन् । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी चन्दले काठमाडांैमा योभन्दा अझ धेरै संख्यामा हतियार भएको दाबी गरे । विगतका द्वन्द्व, खुला सीमा, कमजोर नाका चेकजाँचका कारण राजधानीमा हतियारको संख्या बढेको एसएसपी चन्दको भनाइ छ ।
उनले भने, ‘सीमापारि साना हतियार सजिलै खरिद गर्न सकिन्छ, नाका–नाकाबाट प्रवेश गर्ने प्रत्येक सवारीसाधनलाई चेकजाँच गर्न सम्भव पनि छैन ।’ प्रहरीका अनुसार बरामद भएका जति पनि साना हतियार छन्, ती सबै आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूबाट बरामद भएका हुन् । परिसरका प्रहरी अधिकारी भन्छन्, ‘हतियारसँगै हामीले १२ अभियुक्त पक्राउ गरेका छाँै, ती सबै आपराधिक प्रवृत्तिका थिए, सोधपुछबाट खुलेअनुसार उनीहरूमध्ये केही हतियार व्यापारी पनि थिए ।’ एसएसपी चन्द पनि बरामद हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको बताउँछन् । उनले भने, ‘साधारण मान्छेले हतियार बोक्दैन, हाम्रो अपरेसनमा बरामद हतियार र पक्राउ परेका अभियुक्तको पृष्ठभूमिले यसलाई पुष्टि गरिसकेको छ ।’

प्रतिक्रिया