नेविसंघद्वारा विरोध जुलुस प्रदर्शन

काठमाडौं, १४ मंसिर । नेविसंघले उपत्यकाका विभिन्न क्याम्पसअगाडि सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक रहेको आरोप लगाएर नेविसंघले आज प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनका कारण क्याम्पस क्षेत्रमा केहीबेर यातायात सेवा प्रभावित भएको थियो ।
विद्यार्थीले पशुपति क्याम्पसबाट चाबहिल चोकसम्म नाराबाजी गर्दै जुलुस समेत निकालेका थिए ।

प्रतिक्रिया