रौतहटमा दुईपक्षबीच झडप

रौतहट, १४ मंसिर । रौतहट जिल्लामा गाविस सचिवले गोप्यरुपमा गाउँ परिषद् गरेको विषयलाई लिएर दुईपक्षबीच झडप हुँदा दशजना बढी घाइते भएका छन् ।
हर्दिया पल्टुवा गाविसमा बुधबार राति भएको झडपमा वडा नम्वर ७ का शिवजी यादव, दिनेश यादव, शिवमंगल यादवलगायतका स्थानीय घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र समनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झडपमा संलग्न रहेको आरोपमा रामकल्याण यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक कमल राईले बताए ।
गाविस सचिव अमिरीलाल दास थारु र उपस्वास्थ्य चौकी हर्दिया पल्टुवाका प्रमुख भरतकुमार मिश्रले ठेकेदारको मिलेमतोमा वर्षीक १० लाख रुपियाँ आम्दानी गर्ने विद्यालय स्वामित्वको पोखरी केही दिनअघि गोप्यरुपमा गाउँ परिषद् बसाली बिक्री गरेको स्थानीयले आरोप लगाए ।

प्रतिक्रिया