नेपालगञ्जमा क्षेत्रीय सुरक्षा सम्मेलन

नेपालगञ्ज, १४ मंसिर । नेपालगञ्जमा मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत जिल्लाका प्रशासन तथा सुरक्षा निकायका पदाधिकारीहरुको दुईदिने सुरक्षा सम्मेलन सुरु भएको छ ।
गृह मन्त्रालयको आयोजनामा सुरु भएको सम्मेलनमा २४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, क्षेत्र, अञ्चल तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका पदाधिकारी एवं गृह मन्त्रालयका पदाधिकारीहरुको सहभागिता रहेको छ ।
जिल्लाका स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट सम्पादन गरिएका काम र चुनौतीका विषयमा प्रमुख जिल्ला अधिकारीबाट सम्मेलनमा समीक्षागत प्रतिवेदन प्रस्तुत हुने छन् ।
गृह सचिव नवीन घिमिरेले स्थानीय जनतामा सुरक्षा तथा सुशासनको अनुभूति गराउने सबैभन्दा ठूलो जिम्मेवारी रहेको बताए । उनले सुरक्षा तथा प्रशासनिक निकाय आफ्नो काममा रत्तिभर चुक्न नहुने उल्लेख गरे ।

प्रतिक्रिया