उच्च सुरक्षा अधिकृतको बढुवा

काठमाडौं, १४ मंसिर । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरीक्त महानरीक्षकमा (एआईजी) बढुवा गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले दिनकर शम्शेर जवरा, गंगाप्रसाद पाण्डे, रमेशविक्रम शाह, विनोद सिंह र पुष्करनाथ रेग्मीलाई बढुवा गरेको शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए ।
सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा मदन खेरल, केन्द्रीय वालकल्याण समितिको कार्यकारी निर्देशकमा मनोजकमार कँडेल र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रवन्धक सञ्चालकमा अनिल कुमार झालाई नियुक्त गरेको छ ।
त्यसै गरी सरकारले राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक राजेन्द्रकुमार खत्री र पुष्करप्रसाद चापागाईलाई अनुसन्धान निर्देशकमामा बढुवा गरेको छ । बढुवासँगै खत्रीलाई पश्चिमाञ्चल र चापागाईलाई पूर्वाञ्चल कार्यालय धरानमा खट्टाएको मन्त्री रायमाझीले बताए ।
लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाइको नाम परिवर्तन गरी लागू औषध नियन्त्रण ब्यूरो राख्ने, ललितपुरको एक नाच प्रदशर्न कार्यक्रमको लागि दुई लाख रुपियाँ सहयोग गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकको नेतृत्वमा विविध सुरक्षा सम्बन्धी विषयमा वार्ता गर्न भारत पठाउने निर्णय समेत भएको मन्त्री रायमाझीले बताए ।

प्रतिक्रिया