कांग्रेस सभापति चन्दलाई पत्नी शोक

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेस सल्यानका सभापति गणेश चन्दलाई पत्नी शोक परेको छ ।
उनकी ६० वर्षीया पत्नी लीलाकुमारी चन्दको बधबार राति राजधानीमा निधन भएको छ । कांग्रेसकी क्रियाशील सदस्य लीलाको आज विहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।
फोक्सो सम्बन्धी समस्याबाट पीडित लीलालाई पछिल्लो समय औषधिले समेत लाग्न छाडेको थियो । पति, तीन छोरा रहेकि लीलालाई कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरुले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए ।

प्रतिक्रिया