एमालेद्वारा वार्ता टोली गठन

काठमाडौं, १३ मंसिर । एमालेले सहमतीय सरकारका लागि परामर्श गर्न वार्ता टोली गठन गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज सम्पन्न पोलिटव्युरो बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
दलहरुसँग वार्ता र सम्वाद गरेर सहमतीय सरकार बनाउन सहयोग गर्न टोली गठन गरिएको सचिव युवराज ज्ञवालीले जानकारी दिए ।
एमालेले राष्ट्रपतिले सहमतीय सरकार बनाउन गरेको आह्वानलाई सकारात्मक भएको जनाएको छ । उसले मन्त्रिपरिषदले राष्ट्रपति विरुद्ध गरेको निर्णयको चर्को आलोचना पनि गरेको छ ।
विधान संशोधनका लागि माघ २५, २६ र २७ गते राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक गर्ने निर्णय पनि एमालेले गरेको छ ।

प्रतिक्रिया