आर्थिक अभावमा बोटेको विचल्ली

काठमाडौं, १३ मंसिर । घरको छतबाट खसेर गम्भीर घाइते चितवन रत्ननगर–३, लौरीघोलका भक्तबहादुर बोटेको खर्च अभावका कारण बिचल्ली भएको छ ।
काठमाडौंको सुष्मा कोइराला मेमोरियल ट्रष्टमा उपचार गराई रहेका बोटेलाई औषधी पसल र क्यान्टीनमा खानाको पैंसा तिर्न नसक्दा झन् समस्या भएको हो ।
अस्पतालले उपचार खर्च मिनाहा गरेपनि बोटेलाई क्यान्टीन र औषधी खर्चमा समस्या भएको आफन्तले जनाए ।
अस्पतालले बोटेलाई डिस्चार्ज गरे पनि खानाको रकम तिर्न नसकेर घर जान नपाएको भाई दीपक बोटेले जानकारी दिए ।
खाना खाएको क्यान्टीनमा १७ हजार, औषधी पसलमा ९ हजारसमेत केही रकम तिर्न बाँकी छ ।
हेटौडाको मालिका प्याकेजिङ उधोगमा काम गर्दै आएका बोटे जेठ–१४ गते भाडामा बसेको घरबाट खसेर गम्भीर घाइते भएका हुन् । बोटेको आर्थिक अभाव कमजोर छ ।
दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्दै आएका बोटेको उपचारका क्रममा चन्दा संकलनबाट एकलाख खर्च भैसकेको छ ।
भाई दीपकले आफूहरुलाई सहयोग गर्न अपीलसमेत गरे । उनले ९८१५४९३३६२ र ९८४५०६३१५६ सम्पर्क गरेर सहयोग गर्न सकिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया