कास्कीका १९ कैदीबन्दी स्थानान्तरण

पोखरा, १३ मंसिर । झडपमा संलग्न कास्की कारागारका १९ कैदी बन्दीलाई स्थानान्तरण गरिएको छ ।
स्थान्तरण हुनेमा कैदीका नाईके चन्द्र गुरुङलाई वीरगञ्ज, ८ जनालाई रौतहट र १० जनालाई पाल्पा पठाएको कारागार प्रमुख सुनिल अधिकारीले जानकारी दिए ।
गत मंसिर–८ गते कारागारमा भएको झडपमा कैदीका नाइके गुरुङसहित २५ बन्दी दोषी देखिए पछि स्थानान्तरण गरिएको हो । छानवीन समितिको सिफारिसमा उनीहरुलाई सारिएको अधिकारीले बताए ।
शुक्रबार राति कारागारमा बन्दीहरु वीच झडप हुँदा २० जना घाईते भएका थिए । घाईते मध्य दुई जनाको अस्पतालमा उपचार भैरहेको छ ।
बन्दी–बन्दीबीच लेनदेनलगायतको विषयमा समूह विभाजन भएका थिए । कैदी बन्दीबीच एक अर्कासँगको लेनदेन, अनौपचारिक व्याजदर, कारागारबाट प्राप्त सुबिधामा चौकीदारको बढी पहुँचलगायतका बिषयमा मनमुटाव बढे पछि तनाव भएको थियो ।
६० जना क्षमताको कास्की कारागारमा ३ सय ५२ जना कैदी बन्दी रहेका छन् ।

प्रतिक्रिया