आमाघरलाई १७ लाख सहयोग

काठमाडौं, १२ मंसिर । काठमाडौंको रवीभवनस्थित आमाघरले एक अनाथ बालकलाई आज संरक्षण (आश्रय) प्रदान गरेको छ ।
भीमसेनस्थानमा बेवारिसे भेटिएका करिब डेढ वर्षका बालक जुम्लाका दलित समुदायका हुन् । विगत एकदशकदेखि आमाघरले वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई आश्रय दिएर पछिल्लो समय प्रतिष्ठित सामाजिक संस्थाको रूपमा लोकप्रियता हासिल गर्दै आएको छ ।
सो संस्थामा अहिले ३९ जना वृद्धा र पाँचजना वृद्ध रहेका छन् भने बालबालिका ५० जना छन् ।
संस्थाले सामाजिक कार्यमा ठूलो योगदान गरेको भन्दै सोमबार निजी क्षेत्रको सञ्चारसम्बन्धी कम्पनी एनसेलद्वारा १७ लाख रुपियाँ प्रदान गरेको थियो ।

प्रतिक्रिया