भारतीयद्वारा बारामा पत्नीको हत्या

वीरगञ्ज, १२ मंसिर । बारा जिल्लाको बसतपुरमा भारतीय नागरिकले आफ्नी पत्नीको हत्या गरेर फरार भएका छन् ।
भारतको छौडादानो घर भई हाल बाराको बसतपुर–८ स्थित ससुरालीमा बस्दै आएका सराजुल मियाँले आफ्नै ३२ वर्षीया पत्नी सामुनेशा मन्सुरको सोमबार राति घाँटी रेटेर हत्या गरेका हुन् ।
शौचालय गर्न घर बाहिर निस्किएका समयमा सराजुलले पत्नीको हत्या गरेको बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिए ।
बसतपुर–८ का लाइक मियाँ धुनियाँकी छोरी नेशा केही समय देखि आफ्नो काकाको घरमा बस्दै आएकी थिइन् । पत्नीको हत्या पछि भारतीय नागरिक सराजुल फरार छन् ।
घाईते बृद्धाको मृत्यु
उता, अर्घाखाँचीको नुवाकोटमा खरवारीमा लागेको आगो नियन्त्रण गर्ने क्रममा गम्भीर घाईते एक बृद्धाको मृत्यु भएको छ ।
नुवाकोट–३ स्थित खरवारीमा आईतबार लागेको आगो निभाउने क्रममा स्थानीय ६९ बर्षीया कृष्णाकुमारी श्रेष्ठ गम्भीर घाईते भएकी हुन् । उनको उपचारका क्रममा पाल्पामा निधन भएको पारिवारजनले जनाएका छन् ।

प्रतिक्रिया