कोइराला र ठाकुरबीच भेटबार्ता

काठमाडौं, ११ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कांग्रेस सभापति सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच परामर्श भएको छ ।
कोइराला निवास लाजिम्पाटमा आज भएको भेटमा सहमतीय सरकारका बारेमा कुराकानी भएको हो । अध्यक्ष ठाकुरसँग राष्ट्रपतिको आह्वान अनुसार तोकिएकै समयसीमामा सहमतीय सरकार बनाउन आग्रह गरेको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रिय सहमतिको सरकारका बारेमा दलहरुका बीच परामर्श भईरहेका समयमा सभापति कोइरालाले अध्यक्ष ठाकुरसँग भेट गरेका हुन् । सरकारको नेतृत्वलाई लिएर कांग्रेसले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया