सडकमै उत्रियो अखिल क्रान्तिकारी

काठमाडौं, १० मंसिर । एमाओवादी निकट अखिल क्रान्तिकारीले राष्ट्रपतिको कदम विरुद्ध आज राजधानीमा विरोधसभा र प्रदर्शन गरेको छ ।
राष्ट्रपति डा.रामवरण यादवले सहमतीय सरकार बनाउन दिएको सात दिने आह्वान फिर्ता लिन माग गरेर विरोधसभा गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले बताए । उनले आफ्नो आह्वान फिर्ता नलिए थप शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।
विरोधसभाका सहभागीले राष्ट्रपतिले अन्तरिम संविधान विपरित सहमतीय सरकारका नाममा असंवैधानिक काम गरेको दाबी गरे । उनीहरुले राष्ट्रपतिलाई कार्यकारी अधिकार नरहेको भन्दै मन्त्रिपरिषद्को सल्लाहमा बस्न सुझाव दिए ।
विरोधसभामा एमाओवादीका नेता जनार्दन शर्मा, नारायण दाहाल, झग्गु सुवेदी, देबेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया