मोरङमा सेनाविरुद्ध जाहेरी दर्ता

काठमाडौं, १० मंसिर । जिल्ला प्रहरी कार्यालय मोरङमा नेपाली सेनाविरुद्ध जाहेरी दर्ता गरिएको छ ।
द्वन्द्वकालमा माओवादीको आरोपमा गिरफ्तारपछि हत्या गरिएका शनिश्चरे–१ का रत्नबहादुर कार्कीका बाबु छत्रबहादुर कार्कीले एड्भोकसी फोरमको कानूनी सहायतामा प्रहरीसमक्ष जाहेरी दर्ता गराएका हुन् ।
तत्कालीन शाही नेपाली सेनाको पूर्वी पृतना सैनिक मुख्यालय अन्र्तगतको भवानी दल गण इटहरीबाट खटिएको संयुक्त सुरक्षा फौजले धान कुटेर घर फर्कंदै गरेका कार्कीलाई २०६१ साल पुस ३ गते घर नजिकैको पथरी बजारबाट पक्राउ गरी हत्या गरेको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा गणका तत्कालिन सेनानी युवराज कार्कीसहित ५४ जना सुरक्षाकर्मीलाई बिपक्षी बनाइएको छ ।
विराटनगर पुनवरावेदन अदालतले २०६७ चैत २८ गते जाहेरी दर्ता गरी कारबाही अगाडि बढाउन प्रहरीलाई आदेश दिएको थियो । प्रहरीले उजुरी लिन नमाने पछि अदालतले कारबाही अगाडि बढाउन आदेश दिएको थियो ।

प्रतिक्रिया