मकवानपुरमा लागूऔषध गाँजा बरामद

हेटौँडा, १० मंसिर । मकवानपुर जिल्लामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीले शनिबार राति चरेश, गाँजाको पाउडर र चिप्पड गाँजा बरामद गरेको जनाएको छ । सुराकीका आधारमा प्रहरीले सरिखेत–६, थुम्कीस्थित लक्ष्मी प्रजाको घरमा विक्रीका लागि राखिएको लागुऔषध गाँजा बरामद गरेको हो ।
बरामद लागूऔषधमा दुई क्वीन्टल ५४ किलो गाँजाको चिप्पड, तीन क्विन्टल ३२ किलो गाँजाको पाउडर र ४६ किलो चरेश रहेका छन् । सो गाँजाको मूल्य करिब पचास लाख पर्ने अनुमान प्रहरीको छ ।
प्रहरी नायव निरीक्षक कुलबहादुर खत्रीको नेतृत्वमा खट्टिएको प्रहरी टोलीले गाँजा बरामद गरेको थियो ।

प्रतिक्रिया