हरिबोधनी एकादशी अर्थात तलसी विवाह

काठमाडौं, ९ मंसिर । भगवान् विष्णुको पूजा, आराधना, भजन किर्तन र ब्रतबसी आज देशैभरि हरिबोधनी एकादशी मनाईदै छ ।
गत असार शुक्ल एकादशीमा चीर शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि यस दिन बिउँझन्छन् भन्ने हिन्दुहरुको मान्यता रहेको छ ।
भगवान् विष्णु जागा भएको यस अवसरमा बिष्णुका मन्दिरमा गई बिहानै देखि पुजा आरधना गरीरहेका छन् ।
यसै दिन गत असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहको रुपमा पनि लिने गरिन्छ ।
पौराणिक कालमा ऋषि कनककी छोरी किशोरीले यसै दिन सन्ध्याकालमा तुलसी विवाह सम्पन्न गराइएको स्कन्दपुराण वैष्णवखण्ड कार्तिकमास महात्म्यमा उल्लेख छ ।
हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन ब्रत बसी भीष्म पञ्चक मनाउने पनि परम्परा छ । पाण्डव र कौरवबीच भएको महाभारतको युद्धमा घायल भई वाणको शयनमा सुतेका पितामह भीष्मले भगवान् कृष्णलगायत पञ्च पाण्डवलाई राजधर्म, मोक्षधर्म र दानधर्मको ज्ञानोपदेश दिएका थिए ।
उपदेश सुनी खसी भएका भगवान् कृष्णले हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन भीष्मलाई अर्घ दिई भीष्मपञ्चक व्रत गरेमा आफू सन्तुष्ट हुने बताएकाले त्यसै दिनदेखि भीष्मपञ्चक मनाउने चलन भएको पुराणमा उल्लेख छ ।
वाणको मृत्यु शैयामा सुतेका भीष्मको अनुरोधमा अर्जुनले यसै दिन आफ्नो वाणको बेगले पातालगंगाबाट पानी निकाली उनको प्यास बुझाइदिएको किंवदन्ती छ ।

प्रतिक्रिया