वैशाखमा जसरी पनि चुनाव : मन्त्री श्रेष्ठ

मोरङ : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहमति भाँड्न वैशाखमा संविधानसभा चुनाव हुन सक्दैन भनेर विपक्षी हल्ला फैलाउन लागिपरेको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार मन्त्री श्रेष्ठले सरकारले वैशाखमा जसरी भए पनि चुनाव गराएरै छाड्ने बताए । चुनाव गराउनका लागि १० दिनभित्र दलहरूबीच सहमति बन्ने दाबी गर्दै श्रेष्ठले त्यसपछि प्याकेजमा सहमति गरेर नयाँ राष्ट्रिय सरकार निर्माण हुन सक्ने बताए । दलहरूबीच मंसिरभित्र सहमति नभए राजनीतिक अन्योल बढ्ने उनको भनाइ थियो । ‘कांग्रेस र एमालेले प्याकेजमा सहमति गरे हामी सरकार छाड्न तयार छौँ,’ उनले भने । (सौस)

प्रतिक्रिया