युवा संघको सम्मेलन काठमाडौंमा

काठमाडौं : एमालेनिकट युवा संघ नेपालको विधान सम्मेलन मंसिर १५ देखि दुई दिन काठमाडौंमा हुने भएको छ । एमाले मुख्यालयमा बिहीबार बसेको संघको बैठकले विधान सम्मेलनको मिति र स्थान तय गरेको हो । संघका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले विज्ञप्तिमार्फत सम्मेलनमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सचिव, अञ्चल कमिटी सचिव, जिल्ला कमिटी अध्यक्ष र सचिवलगायत चार सय ३८ प्रतिनिधि सहभागी हुने जनाएका छन् ।  (सौस)

प्रतिक्रिया