पुष्करलाई अवार्ड

काठमाडौं : न्युयोर्क कला मञ्च, अमेरिकाले पुराना रंग पत्रकार पुष्करलाल श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा कामना न्युज पब्लिकेसन्सका अध्यक्ष तथा प्रधान सम्पादक श्रेष्ठलाई पत्रकारितामार्फत नेपाली चलचित्र तथा कलाकारलाई उचाइमा पुर्‍याउन योगदान पुर्‍याएबापत् यो अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा मञ्चकी संस्थापक अभिनेत्री सुवर्ण क्षत्री तथा पूर्वमन्त्री तीर्थमान डंगोलले श्रेष्ठलाई संयुक्त रूपमा अवार्ड हस्तान्तरण गरेका थिए । पूर्वमन्त्री डंगोलले पत्रकार श्रेष्ठले व्यावसायिक पत्रकारितालाई संस्थागत गर्न उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गर्दै उनको सम्मानबाट आफूलाई खुसी र गौरव लागेको बताए । (सौस)

प्रतिक्रिया