बम राख्ने विरुद्ध सार्वजनिक मुद्दा

कैलाली, ७ मंसिर । पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रमस्थलमा बम राख्ने तीन जना व्यक्ति विरुद्ध बिहीवार जिल्ला प्रहरी कार्यालय बझाङमा सार्वजनिक मुद्दा दर्ता भएको छ ।
सुनकुडा उच्च माविले बम राख्ने व्यक्ति विरुद्धहरु हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।
नेता देउवाको कार्यक्रमलाई लक्षित गरेर विद्यालयल प्राङ्गणमा बझाङको भामचौर–२ घर भई हाल धनगढी नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रेमबहादुर बोहरा, कञ्चनपुरको रैकवारविचवा–४ वस्ने ५३ वर्षीय कर्णबहादुर धामी र जीप चालक सुरेश परियारले बम राखेका थिए ।
बम राख्ने तीनै जनालाई बुधबार नै प्रहरीले नियन्त्रमा लिएको थियो ।
प्रेम पूर्व माओवादी लडाकु हुन भने कर्ण भामचौर गाविसका कांग्रेसकै पूर्व कार्यकर्ता हुन् ।

प्रतिक्रिया