महोत्तरीमा खसीबोका बरामद

महोत्तरी, ७ मंसिर । महोत्तरीको एकद्वारा भन्ने स्थानबाट सशस्त्र प्रहरी बलले ४२ वटा खसीबोका नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध तरिकाले राजस्व छलेर नेपाल भित्र्याइएका खसीबोका नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ध्रुव खड्काले जानकारी दिए ।
नियन्त्रणमा लिईएका खसीबोका जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया