भारतीय नागरिक हतियारसहित पक्राउ

कैलाली, ७ मंसिर । कैलालीमा हतियार सहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय भजनीको टोलीले आज बिहान ५ बजे एक थान कटुवा पेस्तोल, भरुवा वन्दुक र गोली र खोकासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत लखिमपुर खिरीका ३० वर्षीय बुदा मुनसुरी, सिङ्हीका २२ वर्षीय सुरज लोनिया र १८ वर्षीय राजनकुमार ठाकुर रहेको भजनीका प्रहरी निरीक्षक पदमबहादुर बिष्टले बताए ।
कैलालीको खैलाड–४, खुरहुरीयामा स्थानीय ४० वर्षीय जनकबहादुर चौधरीलाई गोली हानेर भाग्न खोज्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
गोली प्रहारबाट घाईते चौधरीको कानको नजिकै गोली लागेको छ । उनको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनाले भैंसी चोर्न आएको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रतिक्रिया