मंसिर–७ गते कालो दिनः नेविसंघ

काठमाडौं, ७ मंसिर । राजनीतिक सहमति विपरित बजेट ल्याउनुका साथै निर्वाचनको मिति सारेको विरोधमा नेपाल विद्यार्थी संघले आज राजधानीमा प्रर्दशन गरेको छ ।
शंकरदेव क्याम्पसबाट शुरु भएको विरोध प्रदर्शन प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि पुगेर समाप्त भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
सरकार विरुद्ध चर्का नारावाजी सहित निस्किएको जुलुशले मंसिर–७ गतेलाई कालो दिनका रुपमा मनाएको जनाएको छ । सोही अनुसार आज कालो दिन मनाएको लामिछानेले उल्लेख गरे ।
संविधानसभा विघटन गरेर एकलौटी रुपमा आफैले घोषणा गरेको निर्वाचन गराउन नसकेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार विरुद्ध प्रदर्शन नेविसंघले प्रदर्शन गरेको जनाएको छ ।
यसैबीच, नेविसंघले थप तीन दिने आन्दोलनको घोषणा समेत गरेको छ । कार्यक्रम अनुसार मंसिर–८ गते शुक्रबार शान्तिबाटिकामा सिठ्ठी जलुसल निकाल्ने, दस गते सरकारी क्याम्पसमा कालो झण्डा राख्ने तथा ११ गते सरोकारवालासँग अन्तरक्रिया गरेर थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने रहेका छन् ।

प्रतिक्रिया