कैलालीमा कांग्रेस नेताको हत्या

कैलाली, ७ मंसिर । कैलाली जिल्लाको मालाखेती गाविसका पूर्वअध्यक्ष एवं कांग्रेस नेता दीर्घराज भट्टको धारिलो हतियार प्रहार गरेर हत्या भएको छ ।
आफ्नै घरमै बसीरहेका ५५ वर्षीय पूर्वअध्यक्ष भट्टलाई बुधबार अज्ञात समूहले हत्या गरेको प्रहरी निरीक्षक सुदामसिंह रावलले जानकारी दिए ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुका बारेमा अनुसन्धान शुरु गरिएको निरीक्षक रावलले बताए । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।
कांग्रेस नेता भट्टको हत्या भएको खबर थाहापाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया