पत्नी कुटपिट गरेको उजुरी सेना माथि

दैलेख, ६ मंसिर । दैलेखमा विद्यालयबाटै निकालेर नेपाली सेनामा कार्यरत पति खड्कबहादुर बुढाले कुटपिट गरेको आरोप लगाएर शिक्षिका मनमाया ओलीले प्रहरीमा उजुरी दिएकी छन् ।
वराह–९ की मनमायाले सेनाको बरख गण श्रीपुरमा कार्यरत पति खड्कबहादुर विरुद्ध उजुरी दिएको जनाएकी छन् । पति खड्कबहादुरले पटक पटक यातना दिने तथा कुपिट गर्ने गरे पछि बाध्य भएर प्रहरी कार्यालमा उजुरी दर्ता गराएको उनले बताईन् ।
पति खड्कबहादुरको कुटपिटबाट उनको दाहिने आँखा, छाती र टाउकोमा चोट लागेको छ । उनीहरुको आठ बर्षका छोरा समेत छन् ।
दैलेखका प्रहरी प्रमुख सुदर्शन थापाले उजुरीका आधारमा सम्वन्धित व्यक्तिलाई झिकाउन आदेश दिएको बताए । उनले दोषी देखि खड्कबहादुरलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया