खोजखबर

समूहिक काजक्रिया (तस्विर सहित)

सौर्य अनलाइन २०६९ मंसिर ६ गते ९:२९ मा प्रकाशित

स्याङजा, ६ मसिर । ब्रिटिस साम्राज्यको रक्षा र विस्तारका लागि लड्दा मारिएका ६० हजारभन्दा बढि गोरखा सैनिकहरुको सामूहिक काजक्रिया स्याङजामा जारी छ ।
मारिएका सैनिकलाई ब्रिटिसले बेवास्ता गरेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले ब्रिटिस सरकारलाई दबाब दिन यस्तो कार्यक्रम राखेको हो ।
स्याङजाको फेदीखोला–८ स्थित साल्मेडाँडामा मंगलबारदेखि शुरु भएको सामूहिक काजक्रियामा १७ जातिका प्रतिनिधिहरु सहभागी छन् । आलोचकहरुले सो काजक्रियाको विरोध समेत गरेका छन् ।
अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गोरखा सैनिकको प्रतिमामा श्रद्धाञ्जली दिएर काजक्रियाको शुरुवात गरेका हुन् । सौर्यकर्मी राजेश कुलुङले लिएका तस्विर…….

(ठूलो साईजमा हेर्न सम्बन्धित तस्विरलाई माउसले क्लीक गर्नुस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय