अन्तर्राष्ट्रिय करातेमा सुनीता र रोजिनालाई स्वर्ण

काठमाडौं : रेडन कलेजकी सुनीता महर्जन र भक्तपुरकी रोजिना रञ्जितले दोस्रो ठमेल टुरिज्म कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते तथा किक–बक्सिङ प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको कुमुतेतर्फ महिलाको ५० केजीमा सुनीताले एलिसन स्कुल (नेपाल) की सपना महर्जन तथा ६५ केजीमा रोजिनाले भक्तपुरकी कमला श्रेष्ठलाई हराए । महिलाको २० केजीमा पनौती डोजोकी मीना भोलेनले एम्स इन्टरनेसनलकी नीशा लामा, २५ केजीमा नेसनल चिल्ड्रेनकी देवी तामाङले पनौतीकी संगीता भोलेन तथा ६० केजीमा बालाजु डोजोकी निरु रानामगरले भक्तपुरकी सुमित्रा सुलुलाई पराजित गर्दै स्वर्णपदक जिते ।
नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष कुमुतेको २० केजीमा भक्तपुरका अरीश शर्माले आयोजकका सागर न्यौपाने, २५ केजीमा मनकामनाका विक्रम तामाङले एम्सका दिवस नगरकोटी तथा ३५ केजीमा बालाजुका मनीष थापाले एम्सका राजेश श्रेष्ठलाई हराए । स्वर्ण जित्ने क्रममा ४० केजीमा बालाजुका राजीव पुडासैनीले एम्सका अनुप बुढाथोकी, ५० केजीमा बालाजुका राजकुमार रसाइलीले धादिङका शेरब तामाङ, ६० केजीमा बालाजुका दिनेश लामाले मानभवनका विजय लामा र ६५ केजीमा धादिङका सेम्युल तामाङले बालाजुका सन्तोष राईलाई हराए । ७० केजीमा एम्सका विप्लव श्रेष्ठले नेसनल चिल्ड्रेनका राम लामा तथा ७० केजीमाथि आयोजकका सागर शाहीले बालाजुका सञ्जय राईलाई हराउँदै शीर्षस्थान हात पारे । (सौस)

प्रतिक्रिया