एटिएमलाई एडल्ट सर्टिफिकेट

काठमाडौं : चलचित्र एटिएम (एनिटाइम मस्ती) ले एडल्ट सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले आपत्तिजनक दृश्यमा कैँची लगाइसकेपछि पनि यसलाई एडल्ट सर्टिफिकेट दिइएको हो । निर्माणसमूह आगामी ८ गतेदेखि यसलाई सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी गरिरहेको छ ।
निर्माणकै क्रममा युट्युबमा अश्लील दृश्य र संवादसहितको प्रोमा राखेपछि विभिन्न आलोचना खेपेको एटिएमले ती दृश्य पुन: छायांकन गरी सेन्सरमा गएको थियो । यादव सिलवाल निर्देशित चलचित्रमा दिनेश थापा, सोनिया शर्मा, जिया केसीलगायत मुख्य भूमिकामा छन् । दिनेश यसका निर्माता पनि हुन् । युट्युबमा प्रोमो राख्दाताका विवादमा आएका र अश्लील भनिएका सबै दृष्य पुन: छायांकन गरिएकाले अहिले चलचित्रमा अश्लील दृश्य नरहेको निर्माता थापाले दाबी गरे । (सौस)

प्रतिक्रिया