काभ्रे, ४ मंसिर । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले बजेट रोके सो कार्य संविधान विपरित ठहरिने बताएका छन् ।
बनेपामा आज आयोजित कार्यक्रममा उनले आफूहरुले सहमतिमै बजेट आओस् भन्ने चाहेको बताए । संक्रमणकाल लम्बिदै गए सबैले जोखिम उठाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि उनले दिए ।
सहमति कायम भए वैशाखमै निर्वाचनमा जान सकिने बताएका उनले भने, ‘सरकारको नेतृत्व मुख्य कुरा होइन तर दलहरू यसमै केन्द्रित भएका छन् ।’
प्रतिक्रिया