कांग्रेसले बजेट रोकेकै होः देउवा

कञ्चनपुर, ४ मंसिर । कांग्रेस नेता शेरबहादुर देउवाले वर्तमान सरकारले चुनावलाई प्रभाव पार्नेखालको बजेट ल्याउन नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले ल्याउन लागेको बजेट चुनावलाई प्रभाव पार्ने खालको भएकै कारण कांग्रेसले रोकेको स्पष्ट पारे ।
‘कर्मचारीको तलबै नपाउने हिसाबले बजेट नल्याउँ भनेका छैनौं’ उनले भने, ‘निर्वाचन रोक्ने बजेट ल्याउन तयारी भए पछि बाध्य भएर अवरोध गरेका हौं ।’
राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिएका नेता देउवाले सहमतीय सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने बताए ।
उनले प्रधानमन्त्री बाबुरामले चुनावको मिति घोषणा गरेर समस्या निम्त्याएको आरोप दोहराए । उनले भने, ‘दलहरूसँग सहमति नै नगरी चुनावको मिति घोषणा गरेकाले समस्या निम्त्याएको हो ।’

प्रतिक्रिया