काठमाडौं, ४ मंसिर । बर्दिया बैदा गाउँ–९ की गीता स्वाँर अन्तत: आºनो नामबाट छोरा अनमोल स्वाँरको परिचयपत्र बनाउन सफल भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार दिउँसो १ बजे गीताको हातमा छोरा अनमोलको बालपरिचयपत्र थमाइदियो । आइतबार नै सौर्य दैनिकमा बालपरिचयपत्र नपाएको विषयमा समाचार प्रकाशन भएको थियो ।
कुमारी आमा गीता छोरा अनमोलको बालपरिचयपत्र बनाउन चार वर्षदेखि सिडिओ कार्यालय धाउँदै आएकी थिइन् । कार्यालयले कानुनी प्रक्रिया नपुगेको भन्दै उनलाई पन्छाउँदै आएको थियो । छोराको परिचयपत्र बनाउन सफल भएपछि खुसी व्यक्त गर्दै उनले सौर्यसँग भनिन्, ‘मैले एउटा कानुनी लडाइँ जितेँ, यस कार्यमा सघाउने सबैलाई धन्यवाद †’ छोराको बालपरिचयपत्र पाएपछि खुसी भएकी गीताले पहिलो चरणमा सिडिओ चूडामणि शर्मालाई हात समातेरै धन्यवाद भनेकी थिइन् । उनले भनिन्, ‘चार वर्षदेखिको मेरो निरन्तर लडाइँको एउटा अंश पूरा हुँदा म खुसी भएँ, पहिलो चरणमा मैले सिडिओलाई धन्यवाद भनेँ ।’
बालपरिचयपत्रमा आमाको नाम, बाबुको नाम दीपकलाल श्रेष्ठ र छोराको नाम अनमोल स्वाँर(श्रेष्ठ) भनी उल्लेख थियो । गीतालाई छोराको थर स्वाँर(श्रेष्ठ) उल्लेख गरेकामा भने चित्त दुखाइ छ । उनले तर्क गरिन्, ‘जसले धागोको धरो र पानीको घुट्कोसम्म दिएन, मलाई बर्बाद गर्यो, उसको थर छोराको नामसँग पटक्कै जोड्न चाहन्नथेँ, छोराको नामको पछि स्वाँर मात्रै होस् भन्ने चाहन्थेँ तर म त्यसमा असफल भएँ, यद्यपि म अहिले खुसी नै छु ।’ उनले जिप्रकाप्रति प्रश्न गर्दै भनिन्, ‘आखिर मैले पहिले पेस गरेको कागजातले नै सबै काम भयो, यसअघि चाहिँ मलाई किन दु:ख दिइयो ? मैले बुझ्न सकेकी छैन ।’ आइतबार बेलुका ११ बजेको ºलाइटमा इजरायल जान लागेकी स्वाँर छोरालाई अनमोललाई उत्तै लैजान चाहन्छन् । पासपोर्ट नबनेकाले अहिले छोरालाई होस्टेलमै राखेकी छन् । इजरायलबाट फर्केपछि छोरालाई सँगै लैजाने योजनामा रहेकी उनले भनिन्, ‘इजरायलमा बच्चाहरूलाई लैजान त गाह्रो छ तर प्रयास भने गर्छु । म आफँै पनि अमेरिका जाने प्रक्रियामा रहेकाले छोरालाई अमेरिका लैजान्छु, किनकि चार वर्षको मेरो लडाइँ यसैका निम्ति थियो ।’
अनमोलको बालपरिचयपत्रमा हस्ताक्षर गर्न पाएपछि सिडिओ शर्माले पनि खुसी व्यक्त गरे । भने, ‘थरको सम्बन्धमा केही विवाद भयो, आफूले चाहेजस्तो सबै हुँदैन भनी सम्झाएपछि उनी खुसी भइन्, उनले धन्यवाद पनि भनिन् । मैले पनि बाटो फुकाइदिएको छु भनेँ ।’ यसअघि परिचयपत्र नबनाइनुमा भने कानुनी अड्चन भएको दाबी सिडिओको छ । बालपरिचयपत्रका लागि आवश्यक कागजागत नपुगेको भन्दै उनले भने, ‘सुरुमा उनले वास्तविकता लुकाउन खोजिन्, पछि घटना विवरण सार्वजनिक भयो, नाता प्रमाणित गरेको कागजात पनि अदालतबाट प्राप्त भयो, हामीले उनको बारेमा बर्दियामा पनि बुझ्यौँ, सबै पक्ष ठीक भएको देखिएपछि परिचयपत्र बनाइदियौँ ।’
प्रतिक्रिया