स्वास्थ्य सेवा विभागमा ताला

काठमाडौं, ४ मंसिर । स्वास्थ्य सेवा विभागले नियमिविपरीत कर्मचारी सरुवा गरेको भन्दै कर्मचारीले विभागमा ताला लगाएका छन् । तिहार बिदाको समय पारेर विभागका महानिर्देशक डा. मिङ्मार गेलजेन शेर्पाले ५ सय ९७ जना कर्मचारीको सरुवा गरेको भन्दै कर्मचारी संघसंगठनले संयुक्त रूपमा विभागमा ताला लगाएका हुन् ।

कर्मचारी युनियनले निययविपरीत गरिएको सरुवा खारेज नगरेसम्म विभागमा तालाबन्दी गरिने बताएका छन् । विभागका महार्निशक डा. शेर्पाले कात्तिक २७ गतेसम्ममा कर्मचारीको सरुवा गर्नुपर्नेमा तिहार बिदाको समयमा कर्मचारी सरुवाको नामावली वेबसाइटमा सार्वजनिक गरेको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले बताए । उनका अनुसार महानिर्देशकले आºनो अधिकार नभएका कर्मचारीको पनि सरुवा गरेकाले ताला लगाइएको हो ।
स्वास्थ्य सेवा नियमावलीअनुसार विभागले हरेक वर्षको कात्तिक मसान्तभित्र मातहतका कर्मचारीको सरुवा गर्न सक्ने व्यवस्था छ । यो वर्ष कात्तिक २७ गतेपछि तिहार बिदा भएकाले महानिर्देशकले सोही दिनभित्र सरुवा गरिसक्नुपर्ने थियो । तर, २७ गतेसम्म पनि सरुवा नभएका कर्मचारीको नामावली एकाएक तिहार बिदाको समयमा वेबसाइटमा राखिएपछि कर्मचारीले विभागमा ताला लगाएका हुन् ।
कर्मचारीले महानिर्देशक शेर्पाले घरमै बसी कर्मचारीको मनपरी रूपमा सरुवा गरी नामावली सार्वजनिक गरेको आरोप लगाएका छन् । उनीहरूले महानिर्देशकलाई छैटौँ र साताँै तहको कर्मचारी सरुवा गर्ने अधिकार भए पनि उनले नियमविपरीत चौथो र पाँचाँै तहका कर्मचारीको पनि सरुवा गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया