कुकको सानदार शतक

अहमदाबाद, ४ मंसिर । एलिस्टकर कुकको उत्कृष्ट ब्याटिङका कारण भारतविरुद्धको पहिलो टेस्टमा भ्रमणकारी टोली इंग्ल्यान्ड खेलमा फर्कने झिनो सम्भावना देखिएको छ । पहिलो इनिङमा फलोअनमा परेर दोस्रो इनिङ ब्याटिङ गरेको इंग्ल्यान्डले आइतबार चौथो दिनको खेल सकिँदा पाँच विकेटको क्षतिमा ३४० रन जोडेको छ । इंग्ल्यान्डले १० रनको अग्रता लिएको छ । एलिस्टर कुक १६८ तथा म्याट प्रियर ८४ रनमा नटआउट छन् ।

विनाकुनै विकेट १११ रनबाट दिनको खेल सुरु गरेको इंग्ल्यान्डले १२ रन थपेर नील कपटनलाई ३७ रनमा गुमाएको थियो । भारतका उमेश यादव र प्रज्ञान ओझाले दुई विकेट लिए । यसैगरी, जाहिर खानले एक विकेट लिए । धेरै खेलाडीका लागि प्रेरणादायी कप्तान बन्ने क्रममा कुकले नेतृत्व गरेको तेस्रो टेस्टमा तेस्रो शतक नै प्रहार गरे । अहिले कुककै स्तरीयताका कारण इंग्ल्यान्डका ब्याटिङ प्रशिक्षक रहेका एन्डी फ्लावर १२ वर्षअघि जिम्बावे र भारतबीच नागपुरमा भएको टेस्टभैँm हुन सक्ने सम्भावना व्यक्त गर्छन् जिम्बावे फलोअनमा परे पनि दोस्रो इनिङमा फ्लावरले उत्कृष्ट ब्याटिङ गर्दै क्रिजमा नौ घन्टा बिताएपछि खेलमा बराबरी भएको थियो । त्यो इनिङ नै फ्लावरको टेस्टजीवनको उत्कृष्ट इनिङ हो ।

न्युजिल्यान्डको कमब्याक
श्रीलंकासँगको पहिलो टेस्टमा सस्तोमा समेटिएको न्युजिल्यन्ड पनि खेलमा फर्केको छ । पहिलो इनिङमा २२१ रनमा समेटिएको न्युजिल्यान्डले श्रीलंकालाई पनि २४७ रनमा सीमित गरेको छ । आइतबार दोस्रो दिनको खेल सकिँदा श्रीलंकाले दोस्रो इनिङ ब्याटिङ गर्दै ३५ रनमा एक विकेट गुमाएको छ ।
श्रीलंकाको इनिङमा माहेला जयाबद्र्धनेले ९१ तथा एन्जेलो म्याथ्युसले ७९ रन जोडे । न्युजिल्यान्डका मिट साउथीले चार तथा जितन पटेलले तीन विकेट लिए ।

प्रतिक्रिया