एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सार्वजनिक कार्यक्रममा पदम कुँवरले झापड हानेसँगै नेपाली युजरका फेसबुक वालहरू सोही घटनासम्बन्धी कमेन्टले भरिए । तीमध्ये माओवादी नेतृ हिसिला यमीले यस्तो स्ट्याटस लेखिन् । यो स्ट्याटसमाथि विभिन्न व्यक्तिले विभिन्नथरी धारणा प्रस्तुत गरेका छन् ।
हिसिला यमीको स्टाटस्
आज जे चियापान कार्यक्रममा भो, पहिलो झापड झलनाथलाई, पछि सुशीललाई अहिले आएर प्रचण्डलाई हेर्दा यो झापड दलीय सिस्टम अर्थात् गणतान्त्रिक लोकतान्त्रिक संस्थाविरुद्ध हो !!! विशेष हेर्दा प्रचण्डमाथि झापड हान्नु भनेको उहाँको लचकता, सहमतिको लागि निरन्तर प्रयासमाथि, बजेटका लागि उहाँले गरेको दौडधुप माथिको झापड हो !!! क–कसलाई झापड दिएर देशलाई पापड बनाउने हो ??? नेपालीले सोच्नेबेला भो !!!
प्रतिक्रियाहरू
कोमल भगत : जे रोप्यो त्यहि फल्छ
ईश्वर खड्का समर्थक : बन्दुक पड्काउन सिकाएको कार्यकर्ताले झापड मात्र हान्यो…..नेक्स्ट टर्न….हु …..वेटिङ टु सि
राजेश खतिवडा : १५ हजार नेपालीलाई यमलोक पुर्याउने आन्दोलनका कुख्यात नाइके प्रचण्डलाई झापड हान्ने कुँवर जीलाई मेरो तर्फबाट धेरै धेरै धन्यबाद ।
एन्जेल कार्की : ए तो ट्रायल हे, पिक्चर अभि बाँकी हे मेरे दोस्त, लेट अस सि ह्वाट्स नेक्स्ट क्लाइमेक्स
दिपेन्द्र गजुरेल : नेताहरुले जनताको काम गरेर इमानदारी देखाएको भए क्रमश: एमाले अध्यक्ष झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र आजको दिनमा सहमतीको रटान रट्ने र शक्तिशाली दर्जा लिने माउ पार्टी भनिने क.प्रचण्डलाई हानेको झापड देशकै जनबोली हो…. समयमै इमानदार भएको भए आजको यो आक्रोश देखिँदैनथ्यो होला, नेता ज्यू…
रविन सिटौला : झापड हान्नु ठीक होइन तर आवश्यक भइसकेको थियो ..।
नेपाल संवाद : यी तपाईंका काइते कुरा हुन् । अरू नेतालाई हान्दा ठीक आफ्नालाई गर्दा बेठीक भन्ने यो तपाईं र तपाईंको पार्टीको दरिद्रपन हो भन्दा कसो होला ? के तपाईंको पार्टी र नेताहरु शत प्रतिशत ठीक छन् ?
रमन ढकाल : देशलाई अनिर्णयको बन्दी बनाउने र यस्तो दुरवस्थामा छोडेर बेहाल बनाइएको हालतको जनताको स्वाभाविक आक्रोश हो जस्तो लाग्छ । न त यसमा खुसी नै छ न त दु:खि । यो घटनाले नेताहरुको चेत खुल्ला कि ?
मोहन सुब्बा : यसको घोर भत्र्सना गर्दछौँ, दोषीलाई कडा कारबाहीको माग गर्दछौँ π
घिमिरे दामोदर : यो त निन्दनीय कुरा हो । पार्टीका नेताहरूले आफ्नो ऐतिहासिक धरातल बिर्सिएर अर्कैलाई खुसी पार्न लागेको हुनाले यो अकल्पनीय दुर्घटना हुन पुग्यो । यस्ता गलत प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्दछ ।
अधिकारी बिभु : नेताले सोच्ने बेला आएको हो कि जनताले ? नेतिनी ज्यू ?
राजन खरेल : खराब चरित्र र प्रवृत्तिमाथि आम नेपालीको तर्फबाट सांकेतिक चुनौती मात्र हो ।
ईश्वर खड्का समर्थक: त्यो हतियार उठाउन उनैले सिकाका त हुन् नी । गोला बारुद समाउन उनैले सिकाका त हुन् नी । खै के गर्यो जनयुद्दले ? खै के गर्यो चुनावले ? अर्काको गाला चड्काउन उनैले सिकाका त हुन् नी ।
फिरोज शाह: कसैले कसैलाई सिकाएको छैन । समयले सिकाएको हो । दोष दिनु राम्रो होइन । बिना जानी बिना सम्झी ।
रामकृष्ण अधिकारी: झापट मात्र होइन, बंगारा फुस्काउनुपर्ने हो नेताहरुको ।
बिकास शर्मा: देशमा शान्ति भए मुलुक फर्कौंला भनेको खोई ।
आँचल चाम्लिङ राई : अहिलेको अवस्थामा अग्रगमन, परिवर्तन, न्याय, समानता र मुक्तीको संवाहक भनेको कमरेड प्रचण्ड र बाबुराम हो । तर निश्चितरुपमा प्रचण्ड पनि चुकेकै हुन् नेपाली राजनीतिमा । यद्यपी, अझै पनि एमाले र कांग्रेसजस्तो निकम्मा पार्टी भएको छैन माओवादी । २ करोड जनताको समर्थन प्रचण्डसित छ, कुनै झुसेहरु नमुस्कुराए हुन्छ । नेपाली राजनीतिमा प्रचण्ड र बाबुरामको बिकल्प कुनै झुसे हुन सक्दैन ।
प्रतिक्रिया