पूर्वअध्यक्ष विजुललाई मातृशोक

काठमाडौं, २ मंसिर । कांग्रेस नेता एवं राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष विजुल विश्वकर्मालाई मातृशोक परेको छ ।
दाङ जिल्लाको तुल्सीपुर नगरपालिका वडा नम्वर ६, वरुवागाउँ निवासी विश्वकर्माकी ७४ वर्षीय आमा भूमिसरा दुलाल विकको आज विहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पक्षघातका कारण विरामी भूमिसरालाई उपचारका लागि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।
उनको कात्तिक ३० गते बेलुका निधन भए पनि छोराहरु राजधानी बाहिर रहेका कारण आज मात्रै अन्तिम दाहसंस्कार गरिको आफन्तले जनाए ।
भूमिसराका पाँच छोरा र एक  छोरी छन् । भूमिसरा विगत एक वर्षदेखि पक्षघातको उपचार गराउँदै आएकी थिईन् । पशुपति आर्यघाटमा उनलाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति सुशील कोइराला, नेता बलदेव शर्मा मजगैंया, किरणकिशोर घिमिरेलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया